१२ बैशाख २०८१, बुधबार | April 24, 2024

हुलाकी सडक अन्तर्गत ठोरीदेखि माडीसम्म १२ वटा पुल निर्माण हुँदै



वीरगञ्ज । हुलाकी सडकअन्तर्गत पर्साको ठोरीदेखि चितवनको माडीसम्मको सडकखण्डमा १२ वटा पुल निर्माण गरिने भएको छ ।

रु एक अर्ब १७ करोड ३१ लाख २७ हजार ४४२ को लागतमा ठोरी-माडी हुलाकी सडकखण्डमा १२ वटा पुल द्रूतगतिमा निर्माण हुन थालेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ ।

ती पुल १० प्रतिशतदेखि ६५ प्रतिशतसम्म निर्माण सम्पन्न भइसकेको सो कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले बताए ।

पर्साको ठोरीबाट चितवनको माडीसम्म रहेका रिउखोलाको पुलको लम्बाइ २५४ दशमलव ७५ मिटर, लम्बाइखोला १११ दशमलव १५ मिटर, घाघरखोला १२७ दशमलव एक मिटर, पतरीखोला ४१ दशमलव दुई मिटर, परवीखोला ९७ दशमलव एक मिटर, भालुखोला १७ दशमलव २ मिटर र टुनामुनाखोला ६४ दशमलव १५ मिटर रहेको छ ।

यसैगरी बाँदरमुडे खोला २६ दशमलव दुई मिटर, रतनीखोला २२ दशमलव २ मिटर, मुगइखोला ९७ दशमलव एक मिटर, चिताइखोला २७ दशमलव दुई मिटर र देवेन्द्रपुरबाट बगड बसपार्कसम्म सात दशमलव सात मिटर गरी जम्मा १२ वटा खोलामा पुलको निर्माण भइरहेको छ ।

सो खोलामा रहेका पुलको निर्माणकार्य सम्पन्न भएपछि ग्रामीण क्षेत्रमा रहेको सडक सञ्जाललाई सदरमुकाम वीरगञ्जसँग जोड्नेछन् । ठोरी र माडीमा निर्माण भइरहेको पुल बनिसकेपछि पर्सा जिल्लाको १४ स्थानीय तहका नागरिकलाई चितवनसँग जोडिनुका साथै सवारी साधन आवागमनमा सजिलो हुने विश्वास स्थानीयवासीले लिएका छन् ।

हुलाकी सडकअन्तर्गत रहेको उक्त पुल निर्माण सम्पन्नपछि चितवन जिल्लामा उत्पादन हुने हरियो तरकारी, फलफूल र अन्न बालीलाई समेत बजारीकरण गर्न सजिलो हँुदै जाने किसान विजय पण्डितको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : २४ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।