२३ बैशाख २०८१, आइतबार | May 5, 2024

चक्कु प्रहार गरी अमेरिकामा एक प्रहरीको हत्या



एजेन्सी । अमेरिकामा एक कार चालकले चक्कु प्रहार गरी एक प्रहरीको हत्या गरेका छन । राजधानी ह्वाइट हाउसस्थित संसद भवन नजिकै भएको उक्त घटनामा अर्का एक जना घाइते भएका छन ।

संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालक २५ वर्षका नोहा ग्रिन नामले प्रहरीलाई चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।

प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको जनाइएको छ । संसद भवनमा तीन महिना पहिले (जनवरी ६) तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।

अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन । आक्रमणमा ज्यान गुमाउने विलियम ‘बिली’ इभान्स नाम रहेका प्रहरी अधिकारी रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ७ : ४८ बजे

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए