३ पुस २०८२, बिहिबार | December 19, 2025

‘समर्थन फिर्ता लेउ, राजीनामा आउँछ’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा अहिले मात्रै नभएर दिनहुँ मागिँदै आएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राजीनामा माग्ने तर, सरकारलाई समर्थन पनि गरिरहनेलाई पक्षलाई मागपिच्छे आफूले राजीनामा दिन नसक्ने बताए । ‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त। मागैपच्छिे म कसरी दिनसक्छरु ’ उनले भनेका छन्, ‘समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’ केही मानिसहरूले यो सरकारले सिन्को भाँचेको नदेखेको पनि उनले बताएका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले कार्यक्षमता बढाउने गरी काम गर्न सरोकारवाल सबैलाई निर्देशन दिएका छन् । आजबाट शुरू भएको कामको सबैले नियमन गर्नुपर्ने तर कसैले अवरोध गर्न नहुने उनको भनाई छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  २ : ०९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको