१ पुस २०८२, मंगलबार | December 16, 2025

देशको राजनीतिले कोल्टो फेरि सक्यो अव नयाँ सरकार बन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको राजनीतिले कोल्टो फेरेको बताएका छन् । शनिबार कपिलवस्तुमा पार्टीको जिल्लास्तरीय प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार गठनका लागि पहल गर्ने’ निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका हुन् ।

उनले आजै साँझबाट नयाँ सरकार गठनका लागि पहल थाल्ने बताउँदै कांग्रेसको निर्णयले नयाँ सरकार गठनको बाटो खोलेको र अब छिट्टै नयाँ सरकार बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले आफू मधेसको समस्यासँग परिचित रहेको भन्दै नयाँ सरकार गठन र त्यसअघि पनि मधेसका समस्या समधान गर्न आफू तयार रहेको बताए।

उनले १० वर्षे जनयुद्ध, मधेस विद्रोहका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण भएको दावी गर्दै जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका लागि धन्यवाद समेत दिए।

उनले ओली सरकारलाई मधेस बिरोधीको संज्ञा दिँदै आफूहलाई मधेसवादी भन्ने दलहरु अहिले मधेस विरोधी प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न खोजेको आरोप लगाए । उनले केपी ओली सबै भन्दा बढी मधेश बिरोधी भएको बताउंदै मधेसवादीदलहरुलाई ओली सरकार सँग सचेत बन्न आग्रह गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ३ : ५४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज