१७ असार २०८३, बुधबार | July 1, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित, जसपासँग वार्ता गर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

अधिकांश स्थायी समिति सदस्यहरु काठमाडौं बाहिर भएका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । यद्यपी, जनता समाजवादी पार्टी जसपासँग शिर्ष नेतृत्वले सत्ता साझेदारीबारे छलफल गर्ने भएपछि बैठक स्थगित गरेको बताइएको छ ।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र काँग्रेस एवं जसपासँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल गरिने बताइएको थियो ।

शनिबार मात्रै कांग्रेसले सरकारको राजीनामा मागेर आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । जसपाको पनि बहुमत सदस्यहरुले ओलीलाई समर्थन नगर्ने संकेत गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ११ : ५० बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६