७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना विरुद्धको चिनियाँ खोप लगाउन सुरु



काठमाडौं । सरकारले आजबाट कोरोना भाइरस विरुद्ध चिनियाँ खोप लगाउन सुरु गरेको छ ।

चीनबाट अनुदानमा प्राप्त खोप आजबाट ४० वर्षदेखि ५९ वर्ष उमेर समुहका अत्यावश्यक व्यक्तिहरुलाई लगाउन थालिएको हो ।

मिनभवनस्थित सिभिल अस्पतालमा चिनियाँ राजदूत होउ यान्छीको उपस्थितिमा खोप कार्यक्रमको सुरुवात गरिएको छ ।

चीन सरकारले नेपाललाई सिनोफार्म कम्पनीद्वारा उत्पादित भेरोसेल नामक खोपको आठ लाख डोज उपलब्ध गराएको हो । यो खोप पहिलो चरणमा प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली, नेपाली व्यापारी र अघिल्लो चरणमा छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफूल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप कार्यक्रमका लागि काठमाडौं, ललितपुर, भक्तपुरका विभिन्न सरकारी अस्पतालबाट खोप लगाउन सुरु भएको छ ।

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  २ : ०७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११