७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोनाबाट वच्न सरकारको चेतावनी : रात्रि व्यवसाय ९ बजेपछि बन्द गर, विद्यालयमा उच्च सतर्कता अपनाऊ



काठमाडौं । सरकारले कोरोना भाइरसको जनस्वास्थ्य मापदण्डको उल्लंघन र नयाँ भेरियन्ट बढ्दो क्रममा रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै जनस्वास्थ्य मापदण्डमा कडाई गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । मन्त्रालयमा बसेको बैठकले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले काठमाडौं र पोखरा लगायतका ठूला सहरमा रहेका विद्यालय जाने उमेर समुहमा संक्रमण बढ्दो क्रममा भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी, सार्वजनिक यातायातमा यात्रा कम गर्न या भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल, मन्दिर लगायतका धार्मिक स्थलहरु जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले घरबाहिर निस्कँदा मास्कको प्रयोगलाई अनिवार्य गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

मन्त्रालयले ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यस्तै कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन, ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ६ : ३२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई