३ मंसिर २०८२, बुधबार | November 19, 2025

बाँकेमा देखियो दोस्रो चरणको कोरोना माहामारीको प्रभाव



नेपालगन्ज । कोरोनाको दोस्रो लहरका महामारीबाट सिमावर्ती बाँके जिल्ला प्रभावमा परेको छ । भारतबाट नेपाल फर्कने नेपालीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि बाँके दोस्रो लहरको महामारीको प्रभावमा परेको हो ।

बाँकेका विभिन्न आइसोलेसनमा यतिबेला ८० जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेका कोरोना फोकल पर्शन तेज ओलीका अनुसार भेरी अस्पतालमा ६ महिला र सात पुरुष गरि १३ जनाले स्वास्थ्य लाभ गरिरहेका छन् भने नेपालगन्ज होम आइसोलेसनमा ३३ महिला २१ पुरुष गरि ५४ जना, कोहलपुर आइसोलेसनमा चार महिला र पाँच पुरुष गरि ९ जना, खजुरा, बैजनाथ, राप्तीसोनारी तथा डुडुवा गाउँपालिकाको होम आइसोलेसनमा एक–एक जना कोरोना संक्रमित रहेका छन् ।

बाँकेमा रहेका ८० संक्रमित मध्य मध्ये २७ जनाको स्वास्थ्य अवस्था गम्भीर प्रकृतिको रहेको फोकलपर्शन ओलीले बताए । संक्रमित बढेको अनुपातमा भेरी अस्पतालको आइसोलेसनले धान्न नसक्ने अवस्था आउन सक्ने उनले बताए । कोरोना संक्रमणको दर बढ्न थालेपछि शनिबार बन्दर गर्न थालिएको भेरी अस्पतालको पीसीआर ल्याव शनिबार पनि संचालनमा ल्याईएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ७ : ०२ बजे

मोटोपनले अस्वस्थ महिला

काठमाडौँ । अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ । अध्यक्ष