१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा थपिए एकै दिन ४४ नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा एकै दिन ४४ जना कारोना संक्रमित थपिएका छन् । शनिबार बाँकेका बिभिन्न पीसीआर परक्षिण ल्यावहरुबाट आएको रिपोर्टमा बाँकेमा ४४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण बाँकेमा आज एक जनाको ज्यान समेत गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दैलेखको दुल्लु नगरपालिका ७ की ७३ वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेका बिभिन्न आइसोलेसनहरुमा ८० जना संक्रमितहरु उपचाररत रहेका छन् जसमध्य २५ जनालाई गम्भिर प्रकृतिको संक्रमण रहेको डीसीसीएमसीका कोरोना फोकल पर्शन तेज वलीले बताएका छन् ।

३ हजार ५३२ जनाको नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १५१ सहित २ लाख ७३ हजार ८८६ जना निको भएका छन् । यस्तै आज बाँकेमा ज्या गुमाएकी महिलासहित कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : ५० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज