६ बैशाख २०८३, आइतबार | April 19, 2026

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड ला-लिगाको शीर्ष स्थानमा उक्लियो



एजेन्सी । स्पेनिस ‘एल क्लासिको’ मा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई आफ्नै मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउनको लागि करिम बेन्जेमा र टोनी क्रुसले गोल गरे । बार्सिलोनाका ओस्कार मिगुएजाले गोल फर्काए ।

रियलले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बार्सिलोनाले दोस्रो हाफमा गोल फर्काएको थियो । खेलको १३ औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा टोनी क्रुसले गोल गर्दै अग्रता दोब्बर बनाए ।

६० औं मिनेटमा मिगुएजाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन संकेत दिए । बल पोजिसनमा बार्सिलोनाले दबाबमा राखेपनि त्यसपछि गोल गर्न नसक्दा खेल रियलले जित्यो ।

यो जितसँगै रियल लेगको शीर्षस्थानमा उक्लिएको छ । रियलले ३० खेलबाट ६६ अंक जोडेको छ । समान ६६ अंक भएपनि हेड टु हेडमा रियलले एट्लेटिकोलाई पछि पारेको हो । एट्लेटिकोले एक खेल कम खेलेको छ । पराजित बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : १६ बजे

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम