१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, ५९९ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसको संक्रमण दर पछिल्लो दिनमा बढ्दै जाँदा मृत्युको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाकै अवधीमा ५९९ जना नयाँ संक्रमित थपिएका छन् । यो पनि केही समय यताकै संक्रमित हुनेको ठूलो संख्या हो । ५ हजार १०५ पीसीआर र एन्टिजेन परीक्षण गर्दा संक्रमितको संख्या ५९९ थपिएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५३ जनाको मृत्यु भएको छ । यसैगरी कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने १३८ मात्र रहेको छ । जसका कारण सोमबार सक्रिय संक्रमितको संख्या पनि बढेको छ ।

हालसम्म हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमितहरु निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८५ जना क्‍वारेन्टाइनमा र ३ हजार ३ सय ६ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : २८ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले