१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

एमालेमा नेपाल-खनाल पक्षको रणनीति : देशभर शक्ति सञ्चयसहित प्रतिरोध



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल-खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो ।

नेपाल-खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ । सो समूहले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ ।

नेपाल-खनाल पक्षले ओली पक्ष नवौं महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ । ‘लोकतान्त्रिक अभ्यासका क्रममा नवौँ महाधिवेशनमा पुग्दा हामीले अलग-अलग प्यानल बनाएर केन्द्रीय कमिटी निर्वाचन गर्‍यौँ ।

महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरूको नेतृत्व नेपालले गरेको र अर्को पक्षबाट नेतृत्व गरेका ओलीले अध्यक्षमा जिते पनि सैद्धान्तिक नेता नेपाल नै भएकाले अब देशभर शक्ति सञ्चयमा लागिएको हो’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । उनका अनुसार देशभर नै वडा तहसम्म संगठन निर्माण कार्य भइरहेको छ ।

महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको विरोधमा रहेका ओलीले पार्टीमा विरोधाभास जन्माएको दाबी नेपाल समूहले गर्दै आएको छ । नेपाल पक्षले संगठन निर्माणका क्रममा कार्यकर्तालाई वितरण गरेको दस्तावेजअनुसार नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण सैद्धान्तिक योगदान गरेको महाधिवेशनमा विचारहरूका साथ अध्यक्षका उम्मेदवार भएका माधवकुमार नेपाल पराजित भए तर सैद्धान्तिक र कार्यक्रमिक तथा सांगठनिक प्रस्तावको विपक्षमा रहेका केपी ओली अध्यक्ष निर्वाचित हुनाले पनि पार्टीभित्र समस्या आएको हो । सो दस्तावेजमा ओलीले महाधिवेशनपछि पार्टी पंक्तिलाई विचारहीन बनाएको आरोप लगाइएको छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ३६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग