७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमालेमा नेपाल-खनाल पक्षको रणनीति : देशभर शक्ति सञ्चयसहित प्रतिरोध



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल-खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो ।

नेपाल-खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ । सो समूहले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ ।

नेपाल-खनाल पक्षले ओली पक्ष नवौं महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ । ‘लोकतान्त्रिक अभ्यासका क्रममा नवौँ महाधिवेशनमा पुग्दा हामीले अलग-अलग प्यानल बनाएर केन्द्रीय कमिटी निर्वाचन गर्‍यौँ ।

महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरूको नेतृत्व नेपालले गरेको र अर्को पक्षबाट नेतृत्व गरेका ओलीले अध्यक्षमा जिते पनि सैद्धान्तिक नेता नेपाल नै भएकाले अब देशभर शक्ति सञ्चयमा लागिएको हो’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । उनका अनुसार देशभर नै वडा तहसम्म संगठन निर्माण कार्य भइरहेको छ ।

महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको विरोधमा रहेका ओलीले पार्टीमा विरोधाभास जन्माएको दाबी नेपाल समूहले गर्दै आएको छ । नेपाल पक्षले संगठन निर्माणका क्रममा कार्यकर्तालाई वितरण गरेको दस्तावेजअनुसार नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण सैद्धान्तिक योगदान गरेको महाधिवेशनमा विचारहरूका साथ अध्यक्षका उम्मेदवार भएका माधवकुमार नेपाल पराजित भए तर सैद्धान्तिक र कार्यक्रमिक तथा सांगठनिक प्रस्तावको विपक्षमा रहेका केपी ओली अध्यक्ष निर्वाचित हुनाले पनि पार्टीभित्र समस्या आएको हो । सो दस्तावेजमा ओलीले महाधिवेशनपछि पार्टी पंक्तिलाई विचारहीन बनाएको आरोप लगाइएको छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ३६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी