१८ श्रावण २०८३, सोमबार | August 4, 2026

४० देखि ५९ वर्ष समूहका नेपालीलाई आजबाट चिनियाँ खोप



काठमाडौं । चिनियाँ अनुदानमा प्राप्त कोरोना भाइरस (कोभिड—१९) विरुद्धको भेरोसेल खोप आजदेखि निश्चित उमेर समूहका नेपालीहरुले पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले पाउने छन् । आजदेखि ०७८ वैशाख ५ सम्म सो खोप ४० देखि ५९ उमेर समूहका नागरिकलाई दिइने महाशाखाका खोप शाखा प्रमुख डा( झलक गौतमले जानकारी दिए ।

गत चैत्र २५ गतृबाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुसार चिनियाँ खोप पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउने छन् ।

आजलगाइने चिनियाँ भेरोसेल खोप यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत लगाउन पाउने भएका छन ।

चीनसँग ब्यापार व्यवसाय गर्ने ब्यवसायी तथा चीन आउने जाने गरेका कतिपय नेपालीहरु भारत सरकारले उपलब्ध गराएको खोप नलगाई चिनियाँ खोप पर्खेर बसेका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : ३० बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क