२४ बैशाख २०८१, सोमबार | May 6, 2024

४० देखि ५९ वर्ष समूहका नेपालीलाई आजबाट चिनियाँ खोप



काठमाडौं । चिनियाँ अनुदानमा प्राप्त कोरोना भाइरस (कोभिड—१९) विरुद्धको भेरोसेल खोप आजदेखि निश्चित उमेर समूहका नेपालीहरुले पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार चिनियाँ खोप ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले पाउने छन् । आजदेखि ०७८ वैशाख ५ सम्म सो खोप ४० देखि ५९ उमेर समूहका नागरिकलाई दिइने महाशाखाका खोप शाखा प्रमुख डा( झलक गौतमले जानकारी दिए ।

गत चैत्र २५ गतृबाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुसार चिनियाँ खोप पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउने छन् ।

आजलगाइने चिनियाँ भेरोसेल खोप यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत लगाउन पाउने भएका छन ।

चीनसँग ब्यापार व्यवसाय गर्ने ब्यवसायी तथा चीन आउने जाने गरेका कतिपय नेपालीहरु भारत सरकारले उपलब्ध गराएको खोप नलगाई चिनियाँ खोप पर्खेर बसेका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : ३० बजे

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ