१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

असारसम्म ६ लाख संक्रमित नाघ्न सक्छन्, कम्तिमा ३० दिन विद्यालय बन्द गर्नुपर्छ : स्वास्थ्यमन्त्री त्रिपाठी



काठमाडौं । आगामी असारसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको जोखिम जेठ असारमा थप बढ्ने बताएका हुन् ।

मन्त्री त्रिपाठीका अनुसार दैनिक ११ हजार संक्रमित पुग्नसक्ने अनुमान रहेको छ । जसका कारण सक्रिय संक्रमितको संख्या बढेर ६ लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए । ‘अहिलेको ट्रेन्डका आधारमा यो प्रक्षेपण गरिएको हो’, त्रिपाठीले भने, ‘तर हामी सकेसम्म त्यो अवस्था आउन नदिने पक्षमा छौं ।’ त्रिपाठीले सरकारले पुनः लकडाउनको अवस्था आउन नदिन पनि प्रयास गरिरहेको बताए ।

मन्त्री त्रिपाठीले संक्रमण जोखिम अत्याधि बढ्दै गएका कारण एन्टिजेन परीक्षणहरु बढाउँदै लगेको बताए ।

स्वास्थ्यमन्त्री त्रिपाठीले काठमाडौं उपत्यकामा सात आठ लाख विद्यार्थीहरु रहेका कारण एक महिना विद्यालय बन्द गर्न सीसीएमसीलाई सिफारिस गरिएको बताए । सोही कारण उपत्यकासहित सहरी क्षेत्रमा अनलाइन कक्षा संचालन गर्न प्रस्ताव गरेको पनि उनले जनाए ।

‘उपत्यकाका मात्र ७–८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’ कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको विश्लेषण गर्दै मन्त्रालयले चेन ब्रेक गर्न कम्तिमा ३० दिन विद्यालय बन्द गरी अनलाइन कक्षा संचालन गर्न सुझाव दिइएको उनले बताए ।

१८ वर्षभन्दा कम उमेरकालाई खोप नहुँदा डरलाग्दो अवस्था रहेका कारण पूर्वतयारीमा ध्यान दिन अत्यावश्यक रहेको त्रिपाठीले बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : ५७ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको