२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

असारसम्म ६ लाख संक्रमित नाघ्न सक्छन्, कम्तिमा ३० दिन विद्यालय बन्द गर्नुपर्छ : स्वास्थ्यमन्त्री त्रिपाठी



काठमाडौं । आगामी असारसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको जोखिम जेठ असारमा थप बढ्ने बताएका हुन् ।

मन्त्री त्रिपाठीका अनुसार दैनिक ११ हजार संक्रमित पुग्नसक्ने अनुमान रहेको छ । जसका कारण सक्रिय संक्रमितको संख्या बढेर ६ लाख पुग्ने प्रक्षेपण रहेको उनले बताए । ‘अहिलेको ट्रेन्डका आधारमा यो प्रक्षेपण गरिएको हो’, त्रिपाठीले भने, ‘तर हामी सकेसम्म त्यो अवस्था आउन नदिने पक्षमा छौं ।’ त्रिपाठीले सरकारले पुनः लकडाउनको अवस्था आउन नदिन पनि प्रयास गरिरहेको बताए ।

मन्त्री त्रिपाठीले संक्रमण जोखिम अत्याधि बढ्दै गएका कारण एन्टिजेन परीक्षणहरु बढाउँदै लगेको बताए ।

स्वास्थ्यमन्त्री त्रिपाठीले काठमाडौं उपत्यकामा सात आठ लाख विद्यार्थीहरु रहेका कारण एक महिना विद्यालय बन्द गर्न सीसीएमसीलाई सिफारिस गरिएको बताए । सोही कारण उपत्यकासहित सहरी क्षेत्रमा अनलाइन कक्षा संचालन गर्न प्रस्ताव गरेको पनि उनले जनाए ।

‘उपत्यकाका मात्र ७–८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’ कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको विश्लेषण गर्दै मन्त्रालयले चेन ब्रेक गर्न कम्तिमा ३० दिन विद्यालय बन्द गरी अनलाइन कक्षा संचालन गर्न सुझाव दिइएको उनले बताए ।

१८ वर्षभन्दा कम उमेरकालाई खोप नहुँदा डरलाग्दो अवस्था रहेका कारण पूर्वतयारीमा ध्यान दिन अत्यावश्यक रहेको त्रिपाठीले बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : ५७ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन