१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पछिल्लो २४ घण्टामा ६०३ जना कोरोना संक्रमण थपिए



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको हो भने ४५१ जनाको एन्टिजेन्ट परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २५४ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १ सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जनामा संक्रमण देखिएको हो ।

हाल काठमाडौँ उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ ।

यसैगरी २४ घण्टामा १२९ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : १६ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण