१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पछिल्लो २४ घण्टामा ६०३ जना कोरोना संक्रमण थपिए



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको हो भने ४५१ जनाको एन्टिजेन्ट परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २५४ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १ सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जनामा संक्रमण देखिएको हो ।

हाल काठमाडौँ उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ ।

यसैगरी २४ घण्टामा १२९ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : १६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क