६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रसुवामा टिप्पर दुर्घटना २ जनाको मृत्यु, वडाध्यक्ष बेपत्ता



रसुवा । रसुवाको कालिका गाउँपालिका-२, स्याउबारीमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

दुर्घटनामा परि कालिका गाउँपालिका-१ राम्चेका २५ वर्षीय सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको छ ।

राति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हो । सागर सवारी चालक हुन भने उनका दाजु ग्राङ प्राविका प्रधानाध्यापक हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार टिप्परमा कालिका गाउँपालिका-१ का वडाध्यक्ष मालफूर्पा तामाङ सहित तीन जना रहेका थिए ।

दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको छ । वडाध्यक्ष तामाङको मोबाइल गाडीमा भेटिएपनि उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ९ : १७ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया