३ आश्विन २०८३, शनिबार | September 20, 2026

सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु



जनकपुरधाम । बसको ठक्करबाट सप्तरीमा एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिरको गेट अगाडि बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्सका चालक सिरहाको सुखिपुरका करिब ४५ वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शुक्रबार बिहान करिब साढे ३ बजे पूर्व पश्चिम लोक मार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको स १ च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सलाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार भएका छन । फरार भएका चालकको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ०८ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब