१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु



जनकपुरधाम । बसको ठक्करबाट सप्तरीमा एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिरको गेट अगाडि बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्सका चालक सिरहाको सुखिपुरका करिब ४५ वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शुक्रबार बिहान करिब साढे ३ बजे पूर्व पश्चिम लोक मार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको स १ च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सलाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार भएका छन । फरार भएका चालकको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ०८ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले