१८ श्रावण २०८३, सोमबार | August 4, 2026

नेपालमा पछिल्लो २४ घन्टामा ९०० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ६ हजार १ सय ५८ गरिएको नमुना परीक्षणको नतिजामा कुल ९ सय जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९ सय जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ । यीमध्ये ५ हजार ८ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ सय ८६ , ललितपुरमा ४३ र भक्तपुरमा १९ जना गरी उपत्यकामा ३ सय ४८ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय जना र भेन्टिलेटरमा ३८ जना उपचाररत छन् ।

मंगलबार देशभर ५ सय ८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार ८ सय १२ जना पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : १८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क