२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

अन्तर बिद्यालय महिला भलिवल रनिङशिल्ड प्रतियोगिता : एभरेष्ट र न्यु होराईजन मावि अन्तिम चारमा



बुटवल । स्वर्गीय नेता गिरिजाप्रसाद कोईरालाको स्मृतिमा शुक्रबारदेखि बुटवलमा अन्तर बिद्यालय महिला भलिवल रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा शान्ति माविले सिद्धार्थ गौतम बुद्धलाई २–१ को सेटमा पराजित गरेको छ । यसैगरि शुक्रबार नै पहिलो पहिलो चरणको नकआउट खेलमा नबिन औद्योगिक माविले बुटवल माविलाई २–०, कान्ति माविले देवदह इगलिस बोर्डिङलाई २–०, नवज्योती ई बो स्कुलले मणिमुकुन्द माविलाई २–० ले पराजित गरेको छ ।

प्रतियोगितामा एभरेष्ट इगलिस बोर्डिङले शान्ति माविलाई २–० तथा न्यु होराईजन माविले नबिन औद्योगिक माविलाई २–० को सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेका छन ।

शनिबार समीफाईनलका लागि पहिलो खेल कान्ति र कुवरवर्ती इ बोर्डिङ बिच हुने छ ।

प्रतियोगिताको एक समारोहका बिच नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले रेफ्रिलाई बल हस्तान्तरण गरि उद्घाटन गर्दै खेलमार्फत महिला शसक्तिकरणमा जोड मिल्ने बताइन । नेपाली काग्रेसका सहमति, सहकार्य र एकताको सुत्रमा बाँध्ने लक्ष्यलाई युवाहरुमाझ खेलमाध्यमबाट अघि बढाएर नमुना काम गरेको दाबी समेत उनले गरिन ।

शुक्रबारदेखि २ दिनसम्म हुने प्रतियोगितामा रुपन्देही जिल्लाका १३ बिद्यालयका टिमहरुले उपाधिका लागि प्रतिस्प्रर्धा गरेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले बताए । प्रतिष्ठानले विगत ७ वर्षदेखि नियमित रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई ट्रफि र मेडल सहित क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराईले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ४१ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री