१७ असार २०८३, बुधबार | July 1, 2026

प्रचण्ड भन्छन् : राजनीति क्लाइमेक्समा पुग्यो; लुम्बिनी, गण्डकी र केन्द्रमा षड्यन्त्र विरुद्ध प्रतिकार हुँदैछ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति क्लाइमेक्समा पुगेको टिप्पणी गरेका छन् ।

तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि सबैतिर खुसीयाली भएपनि प्रतिक्रियावादी र उघ्रगुटवादीहरुलाई सैह्य नभएको प्रसंग उल्लेख गर्दै प्रचण्डले तिनै शक्तिको षड्यन्त्रको क्लाइमेक्सको रुपमा मुलुकको राजनीति पुगेको टिप्पणी गरे ।

पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा शनिबार प्रचण्डले प्रधानमन्त्री केपी ओली निकटका उग्रगुटवादी, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासँगै सुरु गरेको षड्यन्त्र एकीकरण भंग भएसंगै “क्लाईमेक्समा” पुगेको बताए ।

अध्यक्ष प्रचण्डले मुलुकको राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफुहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी गरे ।

‘कर्णालीमा के समस्या थियो र हिजो कहाँ गएर टुंगियो यहाँहरुले थाहा पाइसक्नुभएको छ’, प्रचण्डले भने, ‘गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका निम्ति अर्को मुख्यमन्त्रीको नामसहित समावेदन प्रस्तुत गरेको छ र समर्थन फिर्ता पनि हामीले लिइसकेका छौ । लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब करिब बहुमतको हस्ताक्षर संकलन भईसकेको छ । अर्कोतिर केन्द्रमा अन्यौल र अराजकताको स्थिति अन्त्य गर्नका लागि केन्द्रीय स्तरमा पनि हामी लगातार प्रयास गरिरहेका छौ ।’

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : २९ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज