३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रुपन्देहीमा डीसीसीएमसीले दियो विद्यालय संचालन गर्न छुट, स्वास्थ्य मादण्ड पालना नगर्नेलाई संत्रामक ऐन बमोजिम कारवाही हुने



बुटवल । कोरोना महामारीको दोस्रो लहरले विकराल रुप लिईसक्दा पनि रुपन्देहीमा भने विद्यालय बन्द गर्न आवश्यक नरहेको ठहर गरिएको छ । स्वास्थ्य मन्त्रालयले बिद्यालयहरुबाट माहामारी समूदायमा फैलन सक्ने जोखम औंल्याएपनि रुपन्देही जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले जिल्लामा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्न सकिने निर्णय गरेको छ ।

जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको शनिबार दिउसो बसेको बैठकमा कोरोना संक्रमणमा बेलहिया नाका हुदै आउने नागरिकलाई सिमामा स्थापित होल्डिङ सेन्टरमा स्वास्थ्य जाच गरी संकास्पद व्यक्तिको अनिवार्य एन्टिजेन परिक्षण गरी पोजिटिभ देखिएकालाई सम्बन्धित अस्पताल वा आइशोलेशन सेन्टर पठाउने निर्णय समेत गरेको छ।

बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालको क्षमता बृद्धि गर्न नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गर्दै दुबै अस्पतालमा १५–१५ वेडको स्क्रीनिङ सेन्टर बनाउने तथा कोभिड अस्पतालमा थप भेन्टिलेटर, अक्सिजन, नेबुलाइजर लगायतका सामाग्रीको व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार बैठकले राती ९ बजे सम्म मात्र सबै प्रकारका व्यवसाय संचालन गर्ने, सबै पालिकाहरुले आफनो पालिका भित्रका नागरिकको व्यवस्थापनका लागि क्वारेन्टाईन र आईसोलेसन केन्द्र तत्काल तयार गर्ने लगायतको निर्णय भएको छ ।

बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई संक्रमण रोग ऐनबमोजिम कारबाही गर्ने निर्णय भएकोे जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : १२ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक