४ पुस २०८२, शुक्रबार | December 19, 2025

असंवैधानिक सरकार केही दिनभित्र ठेगान लाग्छ, केन्द्रमा नयाँ कायापलट हुन्छ : प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै केन्द्रमा नयाँ कायापलट हुने दाबी गरेका छन् ।

चितवनको माडीमा योङ कम्युनिष्ट लिग वाईसीएलको नगर भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निरंकुश सरकारलाई ठेगान लगाउन केही दिनभित्रै राजनीतिक कायापलट हुने दाबी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आइतबार साँझ राजनीतिक दलहरुबीच बैठक बस्न लागेको जनाउँदै सो बैठकले नयाँ सरकारका लागि महत्वपूर्ण निर्णय गर्ने बताए ।

प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई तह लगाउने अन्तिम प्रयास भैरहेको बताए । उनले भने, ‘तपाईहरुले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौं।’

अध्यक्ष प्रचण्डले निरंकुश सरकारको पतन गराई जनपक्षीय सरकार बनाउने दाबी गरे । प्रतिगमन विरुद्ध सडकमा रहेका दलहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने उनले विश्वास गरे । त्यसपछि नयाँ युगको सुरुवात हुने समेत उनले जिकिर गरे ।

अध्यक्ष प्रचण्डले संसद पूनर्थापना भएपछि यौटा व्याटल जितिसकेको बताउँदै थले ‘कर्णालीका साथीहरुले देखाइदिइसके। अब केन्द्रमा पनि कायापलट हुँदैछ, हुनैपर्छ।’

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : १४ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा