४ पुस २०८२, शुक्रबार | December 19, 2025

संसदलाई घेराबन्दी गर्न खोजियो, कसैको दबाबमा काम गर्दिन : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई चौतर्फी घेरावन्दी गर्न खोजिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले आफुलु संसदलाई जनमुखी बनाउन खोज्दा त्यसको विरोधमा रहेकाहरुले घेरावन्दी गर्न खोजेको बताएका हुन् ।

सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन सभामुखले आफ्नो पक्षमा भूमिका खेलुन भन्ने चाहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदन प्रक्रियालाई सभामुखले अल्झाएर राखेको भन्दै चर्को आलोचना गर्दै आएका छन् । ओलीले शनिबार मात्रै सर्वदलीय बैठक बोलाएर सभामुखले अनैतिक र अराजक काम गरेको आरोप लगाएका थिए ।
तर सभामुख सापकोटाले आइतबार स्पष्ट शब्दमा भने, ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । तर म कसैको दबावमा काम गर्दिनँ ।’

सापकोटाले आफुले देश र जनताको विपक्षमा कुनै काम नगरको जिकिर गरे । आफुले कुनै गल्ती नगरेको भन्दै उनले भने ‘भन्नेले के भनेको छ, मैले वास्ता गरेको छैन, मैले लुरुलुरु काम गरेको छु । मैले देश र जनताका विपक्षमा केहि गरेको छैन।’ उनल ेउनले आफूले कसैको दबाव, प्रभावबिना स्वतन्त्रतापूर्वक काम गरिरहेको दाबी समेत गरे ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ०२ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा