काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
आज सोमबार दिउँसो १ बजे बोलाएको स्थायी कमिटी बैठक स्थगित भोलिसम्म स्थागित भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
सरकारले संसद अधिवेशन अन्त्य गरेपछि विकसित राजनीतिक परिस्थतिबारे अन्य दलहरुसँग छलफल गर्न बैठक स्थगित गरिएको बताइएको छ ।
माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय हुने बताइएको थियो ।
प्रतिक्रिया