१२ असार २०८३, शुक्रबार | June 26, 2026

नेपाल सुपर लिगका लागि सबै तयारी पुरा गरेको लुम्बिनी फुटबल क्लबद्वारा जानकारी



बुटवल । लुम्बिनी फुटबल क्लब बीएलएफसीले नेपाल सुपर लिगका लागि आफ्नो सबै तयारी पुरा भएको जनाएको छ ।

बीएएफसीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा प्रतियोगिताका लागि आफ्नो क्लबले सबै प्रकारको तयारी गरेको जनाएको छ ।

क्लबले प्रतियोगिताको शसक्त दाबेदार भएको समेत दाबी गरेको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालीले यही बैशाख ११ गते आयोजना गर्न लागेको नेपाल सुपर लिगमा सात वटा क्लबको सहभागि हुनेभएका छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न टिम कोच, टिम म्यानेजर, मार्की प्लेयर लगायतका सबै खेलाडीहरु छनौटको काम सकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा क्लबका संचालकहरुले बुटवल फुटवल क्लब कुनै व्यवसायिक घराना वा समुहको नभै लुम्बिनी प्रदेशका खेलप्रेमी जनसमुदायको संयुक्त क्लब रहेको दाबी गरे ।

अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उद्योग राज्यमन्त्री बिमला वि.क, राष्ट्रियसभा सदस्य कोमल ओली र प्रदेशका सांसदहरुले समेत क्लबको स्वामित्व ग्रहण गरेको संचालकहरुले बताए ।

नेपालमै पहिलो पटक हुन लागेको फ्रन्चाइज लिग व्यवासायिक खेलकुदको प्रवद्र्धनमा हातेमालो गर्न लुम्बिनी प्रदेशमा स्थापित उद्योग प्रतिष्ठानहरुलाई क्लबले आग्रह पनि गरेको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ४३ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको