२० मंसिर २०८२, शनिबार | December 7, 2025

नेपाल सुपर लिगका लागि सबै तयारी पुरा गरेको लुम्बिनी फुटबल क्लबद्वारा जानकारी



बुटवल । लुम्बिनी फुटबल क्लब बीएलएफसीले नेपाल सुपर लिगका लागि आफ्नो सबै तयारी पुरा भएको जनाएको छ ।

बीएएफसीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा प्रतियोगिताका लागि आफ्नो क्लबले सबै प्रकारको तयारी गरेको जनाएको छ ।

क्लबले प्रतियोगिताको शसक्त दाबेदार भएको समेत दाबी गरेको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालीले यही बैशाख ११ गते आयोजना गर्न लागेको नेपाल सुपर लिगमा सात वटा क्लबको सहभागि हुनेभएका छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न टिम कोच, टिम म्यानेजर, मार्की प्लेयर लगायतका सबै खेलाडीहरु छनौटको काम सकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा क्लबका संचालकहरुले बुटवल फुटवल क्लब कुनै व्यवसायिक घराना वा समुहको नभै लुम्बिनी प्रदेशका खेलप्रेमी जनसमुदायको संयुक्त क्लब रहेको दाबी गरे ।

अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उद्योग राज्यमन्त्री बिमला वि.क, राष्ट्रियसभा सदस्य कोमल ओली र प्रदेशका सांसदहरुले समेत क्लबको स्वामित्व ग्रहण गरेको संचालकहरुले बताए ।

नेपालमै पहिलो पटक हुन लागेको फ्रन्चाइज लिग व्यवासायिक खेलकुदको प्रवद्र्धनमा हातेमालो गर्न लुम्बिनी प्रदेशमा स्थापित उद्योग प्रतिष्ठानहरुलाई क्लबले आग्रह पनि गरेको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ४३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल