१६ चैत्र २०८२, सोमबार | March 30, 2026

ओलीको प्रवृति विध्वंसक र हिटलरी छ : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलरी प्रवृति रहेको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै उनको शैली हिटलरी भएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री बनाउन जसले ओलीलाई भ-याङ चढाए उसैलाई लात हानेर सडकमा पु¥याईदिएको नेपालले बताए ।

आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि नेपालले दाबी गरे ।

नेता नेपालले संसदले राम्रो भूमिका निर्वाह गर्दै गर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले घाँडो ठानेको आरोप लगाए । आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेका ओलीले संसद अपमान गर्नु आश्चर्यको विषय नभएको उनको टिप्पणी थियो ।

‘पार्टी भित्र आफ्नो बहुमत नभएपछि पार्टीलाई नै घाँडो ठान्ने, घरमा आदेश पालक नभएपछि घरैलाई घाँडो ठान्ने, अनि घरै भत्काइदिने, पार्टी नै भत्काइदिने, संसदै भङ्ग गरिदिने यस्तो विध्वंसकारी प्रवृति हाम्रो नेपाली समाजमा हिजोआज देखा पर्न थालेको छ’, नेपालले थपे, ‘विध्वंसकारी प्रवृतिले सबैलाई दुःख दिइरहेको छ । तर पनि गलत कुराको हार हुन्छ सत्यको जित हुन्छ । त्यसैले हार भयो भनेर थाक्ने पनि होइन, हार मानेर मैदान छोडने पनि होइन । दृढताका साथ अगाडि बढ्ने हो ।’

नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि विश्वास व्यक्त गरे । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृतिको विरोध गरिरहेको उनले स्पष्ट पारे ।

नेता नेपालले समाज परिवर्तनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि नेता नेपालले बताए । समाजका राम्रा कुरालाई प्रोत्साहित गर्ने र नराम्रा कामलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्ने कुरामा लाग्न पत्रकारहरुलाई सुझाव पनि दिए

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : २७ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन