२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

भीडभाडपूर्ण उपस्थितिमा प्रधानमन्त्रीद्वारा बालुवाटारमा राम सीताको भव्य मूर्तिपूजन, पूजापाठपछि चितवन पठाइयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित अयोध्यापुरीमा स्थापित हुन लागेका भगवान राम र सीताको मूर्तिको पूजन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले राम सीता र हनुमानको मूर्ति पूजा गरेका हुन् । बालुवाटारमा विधिवत पूजाआजा गरेपछि आजै ती मूर्तिलाई अयोध्यापुरी पठाइएको छ ।

गत वर्षको असारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म अयोध्यापुरीमै भएको र वास्तविक अयोध्या पनि त्यही भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गर्नुपर्ने बताएका थिए । सोही अभिव्यक्तिपछि छिमेकी भारतसँग उनको सम्बन्ध केही समय खटपटपूर्ण देखिएको थियो ।

प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

सरकार स्वयंले २५ जना भन्दा बढी व्यक्ति उपस्थित हुन नपाइने मापदण्ड बनाए पनि बालुवाटारको मूर्तिपूजन कार्यक्रममा कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै कैयौं मानिसहरुको भीडभाडपूर्ण उपस्थिति थियो ।

राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ । प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहबीच प्रतिमा सहितको रथयात्रालाई विदाई गरेकी छिन् ।

मूर्तिहरु लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर मूर्तिहरु राख्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ११ : ३३ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे