२२ मंसिर २०८२, सोमबार | December 9, 2025

बुधबार राति १२ बजेबाट नेपालगन्ज उपमहानगर क्षेत्रमा ‘लकडाउन’ (सूचनासहित)



नेपालगन्ज । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकार शिवराम गेलालले जारी गरेको लकडाउन आदेश आज राति १२ बजेबाट बैशाख १५ गते राती १२ बजे सम्म लागु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले आज प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

उपमहानगर क्षेत्रमा मात्र ३७५ बढी सक्रिय संक्रमित रहेको, अस्पतालहरुका कोभिड वार्डहरु सबै भरिभराउ भएको, नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको चुन ब्रेक गर्नका लागि लकडाउन गरिएको सुचनामा उल्लेख छ ।

लकडाउनमा प्रशासनले ताके अनुसारको सवारी साधन बाहेक सबै बन्द हुने, बैंक बित्तीयसंस्था, शैक्षिकसंस्था, उद्योग कल कारखाना, ब्यवसाय पनि संचालनमा रोक लगाईएको छ ।

अत्यावश्यक काममा बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनको सुचनामा चेतावनी दिईएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : ०८ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट