१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

देशभर थपिए २३५१ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १०५१ लाई संक्रमण पुष्टि



काठमाडौं । बुधबार कोरोना भाइरसका संक्रमितको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २३५१ जना कोरोना संक्रमित थपिएका हुन् ।

कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १०५१ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

डा गौतमका अनुसार ८ हजार ८४४ जनामा पीसीआर विधिबाट गरिएको परीक्षमा २ हजार २२० जनालाई संक्रमण पुष्टि भएको हो । यस्तै ८०३ जनाले एन्टिजेन विधिबाट परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा संक्रमण देखिएको छ ।

संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । जसका कारण विभिन्न अस्पतालहरुलाई प्रेसर बढ्दै गएको छ । पछिल्लो २४ घण्टासम्म १० हजार ५८२ जना सक्रिय संक्रमित पुगेका छन् ।

गत सोमबारदेखि आजसम्म २३ हजार ९०० जनाले कोरोना परीक्षण गराएका थिए । तीन दिनमै ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ४५ बजे

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका