१७ असार २०८३, बुधबार | July 1, 2026

सर्वोच्च अदालतमा दर्ता भएन नेपाल पक्षको रिट निवेदन



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ब्युँताईदिएको एमालेको बिधान बिपरित एकतर्फी गरेको् निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको नेपाल पक्षको रिट निवेदन बुधबार दर्ता हुन सकेन ।

सवोच्च अदालतले नेकपा एमाले ब्युँताउँदै २०७५ जेठ २ गतेको अवस्थामा रहेको फैसला गरेपनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको साबिक बिधान, संगठानिक संरचना र बिधिको बेवास्ता गरेको भन्दै गत फागुन २८ यता गरेका निर्णय बदर गर्न माग गर्दै नेपाल पक्ष अदालत पुगेपनि बुधबार समय अभावका कारण भन्दै रिट निवेदन दर्ता हुन नसकेको बताईएको छ ।

नेपाल पक्षबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराई र शम्भु थापा लगायतका कानुन व्यवसायी सर्वोच्च पुगेर वारेसनामामार्फत रिट दर्ता गर्न खोजेका थिए । रिट निबेदनमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर ओलीले गैरकानुनी रुपमा गरेका निर्णय कार्यान्वयन नगर्न र आफूहरु माथिको कारवाही रोक्न माग गर्नुका साथै उत्प्रेषण र प्रतिषेधको आदेश माग गरिएको छ ।

समयाभावका कारण दर्ता हुन नसकेको र भोलि दर्ता हुने कानुन ब्यवसायीहरुले बताएका छन् ।
पार्टीभित्र विधि, पद्धतिका लागि दबाब सिर्जना गर्दा कारबाही गर्ने मनसायले स्पष्टीकरण सोधिएको नेपाल पक्षको आरोप छ । उक्त कारबाही रोक्नुपर्ने उनीहरूको माग छ ।

अध्यक्ष ओलीले मंगलबार २७ जना संघीय र ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ६ : १७ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा