१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै आज थपिए ११८ संक्रमित



बुटवल । २ अँकमा चल्दै गरेको रुपन्देहीको कोरोना ग्राफ आज भने तीन अँकमा उकालो लागेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६५ पुरुष र ५३ महिलामा कोरोना पुष्टि भएको छ । जिल्लामा सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा ६७ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा २४ र सिद्धार्थनगरमा १९ जना नयाँ संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ९७४९ पुगेको छ भने कोरोना संक्रमणका कारण रुपन्देहीमा १६३ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा ५४८ जनाले होम आइसोलेशन, सरकारी आइसोलेशन तथा कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : १३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज