२३ बैशाख २०८१, आइतबार | May 5, 2024

दोस्रो लहरको कोरोना महामारीमा नेपालमै पहिलो ‘लकडाउन’ नेपालगन्जमा



नेपालगन्ज । गयराती १२ बजेबाट सुरु भएको नेपालगन्ज उपमहानगरको ‘लकडाउन’को पहिलो दिन मिश्रित प्रभाव देखिएको छ । ‘लकडाउन’का कारा सार्वजानिक सवारी साधन चलेका छैनन् भने मुल सडकमा सर्वसाधारण निकै कम देखिएका छन् । भारतबाट नेपाल फर्केका नेपालीहरु गन्तब्यकालागि पैदल हिँडेको केहि दृष्य देखिएपनि स्थानीयको उपस्थिती भने निकै पातलो देखिएको छ ।

लकडाउनको पहिलो दिन सुचनाको अभावमा नेपालगन्जको रामलिला मैदानमा बिहान हुने श्रमिक बजार भने सुचारु देखिएको थियो । नेपाल र भारतबाट दैनीक ज्यालादारीमा काम गर्न आउने मजदुरहरु बिहानै देखि मैदानमा पुगेका थिए । नेपालगन्जको भित्री बजारका केहिभागहरुमा पनि स्थानीय ब्यापारीहरुले पसल खोलेर बसेको पाईएको छ । मुल सडकमा प्रहरीको बाक्लो उपस्थिती देखिएपनि नगरको भित्रीभागमा भने प्रहरी तैनाथीक कम देखिएको छ ।

नेपालगन्जको गणेशमान चोक, बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, न्यु रोड, सेतु बिक चोक, बसपार्क लाइन, पुष्पलाल चोक, धम्बोझी चोकहरुका व्यवसाय पुर्ण रुपमा बन्द छन । एकलैनी, बिस्कोरियनटोल, फुलटेक्रा लाईन लगायतका भित्री बजारमा भने केहि पसलहरु खुल्ला रहेको पाईएको छ ।

पातलो संख्यामा सडकमा निस्केका सर्वसाधारणलाई प्रहरीले खासै कडा गरेको छैन । एकआध स्थानमा प्रहरीले पैदलयात्रीलाई मास्क लगाउन र बाहिर नसनस्कन सम्झाईबुझाई गरेको छ । पहिलो दिन भएका कारण सर्वसाधारणलाई सम्झाउने काम गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतबाट फर्कंदै गरेको नेपालीहरुलाई नेपाल भारत सिमाको जमुनाहामा होल्डिन गरि गन्तब्य सम्मको सवारी साधनबाट पठाउने व्यवस्था मिलाईएको बाँके प्रहरीका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक टक्कर स्वाँरले बताए ।

अत्यावश्यक काममा बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनको सुचनामा चेतावनी दिईएनि प्रहरीले कारवाही नै गरि हालेको छैन ।

लकडाउनको पहिलो दिन बिहीवार बिहान बाँकेका प्रजिअ शिवराम गेलालसहित बाँके प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी वल बागेश्वरी गणका गणपति अशोक बम , राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी लगायतका सुरक्षा प्रमुखहरुले सिमानाका जमुनाहदेखी नेपालगन्ज क्षेत्रको अनुगमन गरेका थिए ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  २ : ४१ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त