७ आश्विन २०८३, बुधबार | September 23, 2026

विश्व पृथ्वी दिवसमा साईकल रयालि



बुटवल । विश्व पृथ्वी दिवसको अवसरमा बिहिबार साईकल रयालि गरिएको छ ।

राष्ट्रिय कार्यमा युथ समिति (युथ क्यान) रुपन्देहीको आयोजनामा सचेतनामुलक जितगढी किल्लाबाट सचेतना साईकल रयाली गरिएको हो । हाम्रो पृथ्वी पुनस्थापित गरौ भन्ने नारासहित यसवर्ष विश्वभर नै विविध कार्यक्रम गरि मनाउदै छन ।

रयालिको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायव उपरिक्षक डम्वर बहादुर बिकले जितगढी किल्लामा उद्घाटन गर्दै स्वस्थ्य र सचेतनाका लागि साईक्लिङको महत्व रहेको बताए । रयालि बुटवल उपमहानगरपालिकाको महेन्द्र पार्क, राजमार्ग चौराहा हुदै तिलोत्तमा नगरपालिका कार्यालय परिसरमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा जिल्ला साईक्लिङ संघ, बुटवल युनाईटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, ह्याप्पि साईक्लिङका साईक्लिष्टहरु सहभागी रहेका थिए ।

समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले दिगो विकास र वातावरण जोगाउने विषयमा युवाहरुको अगुवाई जरुरी हुने बताए ।

कार्यक्रममा वातावरण संरक्षक युवराज कंडेलले युवाहरु सचेतना जगाउन अग्रपंक्तिमा आउनुपर्ने बताए । प्रकृति जगाउने, दिगो विकासमा युवा पुस्ताहरु सचेत बन्न सकेमात्र पृथ्वी जोगिने उनले बताए । देशमै बन्यजन्तु सम्बन्धिको मुद्दामा ९२ प्रतिशत ४० वर्षभन्दा कम उमेरका युवा पक्रने तथ्याकबाट पुष्टि भएको भन्दै युवाहरुलाई सहि मार्गमा ल्याउने गरि योजना बनाउन सुझाव दिए ।

वातावरण संरक्षणसंगै युवा पुस्तालाई आयआर्जनमा जोड्नुपर्ने उनले बताए । केही स्थानिय सरकारहरु केवल बकेट राखेर प्लास्टिक मुक्त नगर घोषणा सफल नहुने भन्दै नागरिकलाई सचेत बनाउन जरुरी रहेको बताए ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा नारासहित वार्षिक नीति तथा कार्यक्रम बनाएर अघि बढेको दाबी गरे । प्रत्येक वर्ष ५०हजार बिरुवा लगाउने अभियान नै चलाउदै आएको उनले बताए । १ लाख २५ हजार जनसंख्या रहेको नगरका बासिन्दाहरुबाट जन्मदिनमा बिरुवा रोप्ने कार्यक्रम नै चलाएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय कार्यमा युथ समिति (युथ क्यान) का अध्यक्ष रामु पाण्डे, युथ क्यानका जिल्ला अध्यक्ष कमल न्यौपाने, रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, युथ क्यानको सचिव गणेश पन्त, रोटरी क्लब अफ सेन्ट्रल बुटवल सुरज खरेल, दारी ग्याङका विरेन्द्र जिसिले सबै मिलेर सचेतनामा अगाडि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ५ : ५६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई