१३ जेष्ठ २०८१, आइतबार | May 26, 2024

आजदेखि पशुपतिनाथ र गुहेश्वरी मन्दिरमा पुजाआजा गर्न रोक



काठमाडौं । पशुपतिनाथ मन्दिरमा आजबाट भक्तजनका लागि पुजाआजा गर्न अनिश्तिकालीन रोक लगाइएको छ ।

बिहीबार कोषले विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुका लागि आजबाट पूजाआजामा रोक लगाएको हो ।

‘बैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गर्दै आजबाट अर्को व्यवस्था नभएसम्मको लागि भक्तजनको लागि मन्दिर बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ०६ बजे

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा

अव मोवाइल एपबाट स्वास्थ्य सेवा

काठमाडौं । वर्तमान युग विज्ञानको युग हो र विज्ञानले विकसित

सहमतिका साथ शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याऔँ : अग्नि सापकोटा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र_का उपाध्यक्ष एवम् प्रवक्ता

फार्म हाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

पोखरा । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी

पूर्वाधारको पर्खाइमा कोरला नाका

म्याग्दी । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ