२२ बैशाख २०८१, शनिबार | May 4, 2024

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै, नेपाल पक्षका नेतालाई थप कारवाही हुन सक्ने



काठमाडौं । नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटी विघटन गरेर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटीरुपमा गठन गरेको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको डिलमा पुगेको अवस्थामा आयोजक कमिटीका अध्यँक्ष रहेका प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठकले नेपालपक्षका नेताहरुलाई थप कारवाही अगाडि बढाउने अनुमान गरिएको छ । बैठकअघि पार्टी सम्झाई बुझाई गर्न उद्देश्यले अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमसँग छुट्टाछुट्टै भेट गरेका थिए । ओली आफैले सम्झाईबुझाई गर्न भेट गरेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास कार्यक्रममा खुलाएका थिए ।

आजको बैठकमा पनि नेपाल पक्षका नेताहरु सहभागी नहुने आँकलन गरिएको छ भने ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : २६ बजे

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा