७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाँकेमा ३ घण्टाकाबीचमा ३ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना थपिएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक महिला र दुई पुरुषको आज साँझ उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरुको ३ घण्टाकाबीचमा मृत्यु भएको थियो ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज २ की ७५ वर्षिया महिलाको साँझ ६ः१५ बजे मृत्यु भएको छ भने नेपालगन्ज ५ का ८६ वर्षिय पुरुषको साँझ ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् । ओलीका अनुसार आजै साँझ नेपालगन्ज त्रिभुवन चौक ठेगाना भएका ३५ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । उनको राती ९ः२३ बजे मृत्यु भएको थियो ।

आज मृत्यु भएसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । मृतकहरुको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको ब्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : २२ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा