७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा ३ घण्टाकाबीचमा ३ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना थपिएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक महिला र दुई पुरुषको आज साँझ उपचारकै क्रममा मृत्यु भएको हो । उनीहरुको ३ घण्टाकाबीचमा मृत्यु भएको थियो ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज २ की ७५ वर्षिया महिलाको साँझ ६ः१५ बजे मृत्यु भएको छ भने नेपालगन्ज ५ का ८६ वर्षिय पुरुषको साँझ ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् । ओलीका अनुसार आजै साँझ नेपालगन्ज त्रिभुवन चौक ठेगाना भएका ३५ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । उनको राती ९ः२३ बजे मृत्यु भएको थियो ।

आज मृत्यु भएसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । मृतकहरुको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको ब्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई