७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

संविधानसभा सदस्य मोहम्मदी सिद्दीकीको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेबाट संबिधानसभामा प्रतिनिधित्व गरेकी संविधानसभा सदस्य मोहम्मदी सिद्दीकीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहिदिनदेखि भेरी अस्पतालको भेण्टिलेटरमा उपचार भईरहेको सिद्दीकीको आज साँझ उपचारकै क्रममा मृत्यु भएको हो ।

गत चैत्र २८ गते कोरोना पुष्टि भएपछि सिद्दीकी भेरी अस्पतालमा भर्ना भएकी थिईन् । उनको उपचारकै क्रममा साँझ ७ः३० बजे निधन भएको भेरी अस्पतालले जनाएको छ ।अस्पतालले उपचारका क्रमममा उनलाई बचाउन सबै उपाए अपनाएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

सिद्दीकी मुस्लिम समुदायमा पश्चिम क्षेत्रबाट अगाडि बढेकी साहसी सामाजिक अभियन्ताकारुपमा चिनिन्छिन् । उनले फातिमा फाउण्डेसन नामको संस्थाबाट मस्लिम समूदायमा धेरै सामाजिक काम गर्दै आएकी थिईन् । नेपालगन्ज ३ निवासी ६५ बर्षिया सिद्दिकी नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गरेकी थिईन् ।

 

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : २८ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने