४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना विरुद्धको लडाईंमा भारतलाई मेडिकल उपकरण सहयोग गर्ने पाकिस्तानको प्रस्ताव



पाकिस्तानले भारतमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणका लागि सहयोगको प्रस्ताव गरेको छ ।

पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसीले विज्ञप्ति जारी गर्दै कोरोना महामारी विरुद्ध संघर्षरत भारतलाई भेन्टिलेटर, डिजिटल एक्सरे मेशिन, बीएपीएपी, पीपीई लगायत अन्य सम्बन्धित मेडिकल उपकरण सहयाता गर्ने प्रस्ताव गरेको छ । विदेशमन्त्री कुरैशीले आफुहरुले मानवता प्रथम नीतिलाई सधैं विश्वास गर्ने जनाएका छन् ।

पाकिस्तानी प्रस्तावबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । भारतमा कोरोना महामारीको दोस्रो लहरले विकराल रुप लिएको छ । दैनिक ३ लाख ५० हजार भन्दा बढी भारतीयमा कोरोना संक्रमण फैलिएको छ भने २७ सय भन्दा बढी व्यक्तिको दैनिक मृत्यु भएको छ । राजधानी दिल्ली लगायत देशका कैयौं शहरका अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको छ । अक्सिजन नपाएकै कारण बाँच्नसक्ने कैयौं व्यक्तिको अकालमै मृत्यु भएको छ ।

यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले महामारी विरुद्धको लडाईंमा भारतीय जनाताका साथ साथ एक्यवद्धता जनाएका छन् । ट्वीटमार्फत खानले भारत एवं विश्वभर महामारीबाट पीडित सबै व्यक्तिको शिघ्र स्वास्थ्यलाभको प्राथना समेत गरेका छन् । उनले विश्वव्यापी चुनौती बनेको महामारी विरुद्ध लड्न एकजुट हुनुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको