१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा १६ वटै स्थानीय तहका विद्यालय बन्द, मंगलबारदेखि यातायातमा जोर-बिजोर



बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीमा १६ वटै स्थानीय तहका विद्यालय बन्द गरिने भएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख, अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको हो ।

शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाईको ब्यवस्था गर्न भनेको छ । यसको साथै सबै किसिमका पूर्व निर्धारित परिक्षाहरु समेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ ।

त्यसैगरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । बैशाख १४ गते मंगलवारदेखि जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।

बैठकमा सबै स्थानिय तहका अध्यक्ष प्रमुख एवम प्रतिनिधिहरुले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्न समेत निर्देशन गरेको छ । अहिले रहेका सामुदायिक आईसोलेसन र होम क्वारेन्टाइनहरुको क्षमता विकास गरि पूर्व तयारी अवस्थामा रहन समेत बैठकले आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : ४७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष