१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

व्यापारीको गोदाममा छापा मार्दा हतियार बरामद



मोरङ । मोरङमा व्यापारीको गोदाममा छापा मार्दा हतियार बरामद भएको छ ।

विराटनगर महानगरपालिका-७ जलजला चोकस्थित राजकुमार रौनियारको आरएम ट्रेडर्सको गोदामबाट छापा मार्दा हतियार बरामद भएको हो ।

गोदामबाट १ थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने २ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही ट्रेडर्समा काम गर्ने सोही महानगरपालिका-६ बस्ने सुनसरी इटहरी उपमहानगरपिका-१७ घर भएका २४ वर्षीय सुजित साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र राजस्व अनुसन्धान कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : ५१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग