१७ असार २०८३, बुधबार | July 1, 2026

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाउने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान सरकारले रोक लगाएको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले नेपाल हुँदै तेस्रो मुलुक जाने विदेशी नागरिकलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । यो निर्णयबाट भारतीय नागरिकहरुले अब नेपालको बाटो हुँदै विदेश जान नपाउने भएका छन् । स्थलमार्गबाट समेत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

बैठकले विदेशबाट नेपाल आउनेलाई भने अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्ने सीसीएमसीको सिफारिसलाई केही परिमार्जन गर्दै १६ गते विहान ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसैगरी बैठकले कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै अर्को निर्णय नभएसम्मका लागि देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले दिएको सुझावलाई अनुमोदन गर्दै मन्त्रिपरिषद बैठकले वैकल्पिक विधिबाट कक्षा संचालन र परीक्षा लिने निर्णय गरेहो । यस्तै भौतिक उपस्थितिमा लिइने सबैप्रकारका परीक्षा पनि स्थगित भएका छन् ।

 

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ४८ बजे

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)