१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाउने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान सरकारले रोक लगाएको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले नेपाल हुँदै तेस्रो मुलुक जाने विदेशी नागरिकलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । यो निर्णयबाट भारतीय नागरिकहरुले अब नेपालको बाटो हुँदै विदेश जान नपाउने भएका छन् । स्थलमार्गबाट समेत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

बैठकले विदेशबाट नेपाल आउनेलाई भने अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्ने सीसीएमसीको सिफारिसलाई केही परिमार्जन गर्दै १६ गते विहान ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसैगरी बैठकले कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै अर्को निर्णय नभएसम्मका लागि देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले दिएको सुझावलाई अनुमोदन गर्दै मन्त्रिपरिषद बैठकले वैकल्पिक विधिबाट कक्षा संचालन र परीक्षा लिने निर्णय गरेहो । यस्तै भौतिक उपस्थितिमा लिइने सबैप्रकारका परीक्षा पनि स्थगित भएका छन् ।

 

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ४८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज