१२ असार २०८३, शुक्रबार | June 26, 2026

पेस्डान ब्याडमिन्टनमा विद्युत प्राधिकरण बन्यो च्याम्पियन



काठमाडौं । नेपाल विद्युत प्राधिकरण बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनमा सोमबार च्याम्पियन बनेको छ । विद्युत ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा मुक्तिनाथ विकास बैंक १ स्वर्णसाथ दोश्रो भयो । १ रजत र १ कांस्य जितेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड तेश्रो स्थानमा रह्यो । प्रतियोगितामा ६ स्पर्धा समावेश गरिएपनि आयोजक पेस्डानको आन्तरिक प्रतिस्पर्धाको पदक संख्या गणना गरिएको छैन ।

अन्तिम दिन ६ वटै प्रतिस्पर्धाका फाइनल सम्पन्न भए । पुरुष सिंगल्समा विद्युतका टेकबहादुर बुढा पहिलो भए । फाइनलमा उनले जनक शिक्षाका रामविनय श्रेष्ठलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्सको उपाधि विद्युतकी यमकुमारी गुरुङले चुमिन् । फाइनलमा यमले काठमाडौं उपत्यका खानेपानी लिमिटेडकी प्रतिज्ञा थापालाई २१–१२ र २१–७ को सीधा सेटमा हराइन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष डबल्समा मुक्तिनाथका थानेश्वर अर्याल र प्रेम थापाको जोडीले फाइनलमा विद्युतका राजु महर्जन र लोकेन्द्रबहादुर साउदको जोडीलाई सोझो सेटमा २१–१२ र २१–१८ ले पाखा लगाउदै स्वर्ण हात पारे । सोही स्पर्धाको महिला फाइनलमा विद्युतका यमकुमारी गुरुङ र सानुमाया ठकुरीको जोडीले विद्युतकै दावा लामा र अन्जना रोक्काको जोडीलाई २१–१८ र २१–६ ले पन्छ्याउदै पहिलो भए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले विद्युतकै उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीमाथि २१–१४ र २१–१९ को जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । पेस्डान पुरुष डबल्समा प्रदीपमान बासी र प्रशान्तबहादुर श्रेष्ठको जोडी पहिलो तथा राजु रानाभाट र रमेश कुँवरको जोडी दोश्रो भए । राजेश महत र रामबहादुर कुँवरको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।

विजेतालाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पेस्डानको स्पर्धा बाहेक सबैमा नगद पुरस्कार राखिएको थियो । कुल १ लाख २२ हजार नगद पुरस्कार वितरण गरिएको पेस्डानका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : १६ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको