२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

पेस्डान ब्याडमिन्टनमा विद्युत प्राधिकरण बन्यो च्याम्पियन



काठमाडौं । नेपाल विद्युत प्राधिकरण बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनमा सोमबार च्याम्पियन बनेको छ । विद्युत ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा मुक्तिनाथ विकास बैंक १ स्वर्णसाथ दोश्रो भयो । १ रजत र १ कांस्य जितेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड तेश्रो स्थानमा रह्यो । प्रतियोगितामा ६ स्पर्धा समावेश गरिएपनि आयोजक पेस्डानको आन्तरिक प्रतिस्पर्धाको पदक संख्या गणना गरिएको छैन ।

अन्तिम दिन ६ वटै प्रतिस्पर्धाका फाइनल सम्पन्न भए । पुरुष सिंगल्समा विद्युतका टेकबहादुर बुढा पहिलो भए । फाइनलमा उनले जनक शिक्षाका रामविनय श्रेष्ठलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्सको उपाधि विद्युतकी यमकुमारी गुरुङले चुमिन् । फाइनलमा यमले काठमाडौं उपत्यका खानेपानी लिमिटेडकी प्रतिज्ञा थापालाई २१–१२ र २१–७ को सीधा सेटमा हराइन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष डबल्समा मुक्तिनाथका थानेश्वर अर्याल र प्रेम थापाको जोडीले फाइनलमा विद्युतका राजु महर्जन र लोकेन्द्रबहादुर साउदको जोडीलाई सोझो सेटमा २१–१२ र २१–१८ ले पाखा लगाउदै स्वर्ण हात पारे । सोही स्पर्धाको महिला फाइनलमा विद्युतका यमकुमारी गुरुङ र सानुमाया ठकुरीको जोडीले विद्युतकै दावा लामा र अन्जना रोक्काको जोडीलाई २१–१८ र २१–६ ले पन्छ्याउदै पहिलो भए ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले विद्युतकै उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीमाथि २१–१४ र २१–१९ को जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । पेस्डान पुरुष डबल्समा प्रदीपमान बासी र प्रशान्तबहादुर श्रेष्ठको जोडी पहिलो तथा राजु रानाभाट र रमेश कुँवरको जोडी दोश्रो भए । राजेश महत र रामबहादुर कुँवरको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।

विजेतालाई राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पेस्डानको स्पर्धा बाहेक सबैमा नगद पुरस्कार राखिएको थियो । कुल १ लाख २२ हजार नगद पुरस्कार वितरण गरिएको पेस्डानका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : १६ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा