१ पुस २०८२, मंगलबार | December 16, 2025

बिपी प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

हिजो सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर-१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो ।

उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमवार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम-८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी थिए ।

दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ । रासस

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज