१ पुस २०८२, मंगलबार | December 16, 2025

महिला बालबालिका र जेष्ठ नागरिकमाथि हुने हिंसा रोक्न सरकारलाई संसदीय समितिको निर्देशन



काठमाडौं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल तथा लैंगिक अल्पसंख्यकहरुमाथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

साथै समितिले लिङ्ग, वर्गमैत्री क्वारेन्टीनको प्रवन्ध समयमै मिलाउन पनि निर्देशन दिएको छ । बैठकमा समिति सभापति सभापति निरु देवी पालले भनिन, ‘देशमा देखिएको कोभिड–१९ को दोस्रो लहर नियन्त्रण एवं रोकथामका लागि विभिन्न क्षेत्रमा गरिएका निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा विगतको अनुभवबाट शिक्षा ग्रहण गर्दै महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल एवम् लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न उल्लेखित लिङ्ग, वर्गमैत्री क्वारेन्टिनको प्रवन्ध समयमा नै मिलाउन तथा आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आंकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति नेपाल सरकार, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन गर्दछ ।’

बैठकमा समिति सदस्य ध्रुवकुमार शाहीको संयोजकत्वमा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा महिला, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको सम्बन्धमा गरेको स्थलगत अध्ययनमाथि पनि छलफल भएको थियो । अध्ययन भ्रमणको बिस्तृत प्रतिवेदन समितिको आगमी बैठकमा प्रस्तुत गरिने निर्णय पनि भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज