२९ चैत्र २०८२, आइतबार | April 12, 2026

रुपन्देहीमा ‘लकडाउन’ गर्ने बिषयमा सरोकारवालासँग परामर्श सुरु, १६ गतेबाट ‘लकडाउन’ गर्ने तयारीमा स्थानीय प्रशासन



बुटवल । रुपन्देहीमा निषेधाज्ञा लगाउने बिषयमा स्थानीय प्रशासनले परामर्श सुरु गरेको छ । १६ बैसाखदेखि निषेधाज्ञा लगाउने सम्बन्धमा प्रशासनले आजबाट सरोकारवालासँग परामर्श थालेको हो ।

सरोकारवाला निकायको सुझावका आधारमा निषेधाज्ञाको मोडेल र समयावधी तय हुने जिल्ला प्रशासान कार्यालयले जनाएको छ । सम्बन्धित सबैको राय सल्लाह पछि बुधबार जिल्लो कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको मोडेल तयार गरेर प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए ।

निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीमा निहित रहेको छ ।

बुधबार बिहान डीसीसीएमसीको बैठकले निषेधाज्ञाको खाका सहित प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरे अनुसार निषेधाज्ञा जारी हुने सुचना अधिकृत थापाले बताए ।

‘मोटामोटी १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने मानसिकताका आधारमा परामर्श लिने काम भएको छ, सरोकारवालाहरु पनि चेन ब्रेक गर्न कम्तीमा १५ दिन ‘लकडाउन’को पक्षमा हुनुहुन्छ ।’ थापाले भने ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : २४ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्