१ पुस २०८२, मंगलबार | December 16, 2025

छोरी हत्या आरोपितलाई जन्मकैद



सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका-४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ ।

बलान बिहुल गाउँपालिका-४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई ०७५ साल माघ १५ गते पक्राउ गरेको थियो ।

मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई पक्राउ गरेको थियो ।

आमाबुबा नै आरोपित रहेको देखिएपछि घटनास्थलको अनुसन्धानपश्चात् प्रहरी प्रतिवेदनका आधारमा ०७५ साल माघ १६ गते इलाका प्रहरी कार्यालय कडरबोनाले उजूरी दर्ता गरेको थियो ।

भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुबाआमाले सरितालाई कुटपिट गरेको स्वीकारेका छन् ।

कुटपिट गरेको स्वीकारे पनि हत्या भने अस्वीकार गर्दै आएका छन् । जिल्ला अदालतको आदेशमा आरोपित तुरन्तलाल ०७५ साल फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । रासस

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ३३ बजे

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज