१४ चैत्र २०८२, शनिबार | March 28, 2026

भेरी अस्पतालका ७५ स्वास्थ्कर्मीमा कोरोना संक्रमण



नेपालगन्ज । भेरी अस्पतालमा कार्यरत ७० बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालको दैनीक सेवामा गम्भिर असर परेको छ । अस्पतालसँग नियमित काममा रहेका ४०० कर्मचारी मध्य बिहिबार सम्मा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

जनशक्तिको अभावका कारण कोरोना संक्रमण पुष्टि भएर पनि गम्भिर अवस्था नभएका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएर काममा लगाईएको छ भने लक्षण देखिएका कर्मचारीहरु आधाआधी होम आइसोलेसन र अस्पतालमा क्वाटर लिएका स्वास्थ्यकर्मीहरु कोठामा नै आइसोलेट भएका छन् । अस्पतालको जुनियर लेवलका कर्मचारीहरुलाई भने अस्पतालमा भर्ना गरेर उपचार गराईएको छ ।

अस्पतालका स्वास्थ्कर्मीहरुमा नर्सिङ तर्फ ३२ जना, मेडिकल अफिर ८ जना, कार्यालय सहयोगीहरु १६जना, एचए, अहेव ८ जना, एक्सरे १ जना, मेडिकल रेकर्डर १ जना तथा अन्य ९ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले जानकारी दिईन् ।

यसैपनि जनशक्तिको अभाव भएको अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि सेवामा असर परेको अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर राजन पाण्डेले बताए । उनले अत्यन्तै जोखिममा रहेर स्वास्थ्कर्मीहरुले संक्रमितहरुको उपचार सेवा दिईरहेको बताए ।

‘बेडको अभाव भएर सर्वसाधारणले बेड नपाएर फर्काउनु परेका बेला बेड लिएर बस्न मन लागेन, त्यसैले डाक्टरको निगरानीमा घरमै बसेर उपचार गराईरहेकी छु ।’ संक्रमित एक नर्सिङ स्टाफले खबरकुरालाई भनिन् ।

अस्पतालमा जनशक्तिको अभाव भएको भन्दै जनशक्ति माग गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी स्विकृत दिइसकेको छ । अस्पताल प्रशासनले ७० बढी जनशक्तिको आवश्यकताका लागि बिज्ञापन समेत खोलिसकेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : १९ बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति